समाज देश

ठमेलबाट ६ जना पाकिस्तानी पक्राउ

ठमेलबाट ६ जना पाकिस्तानी पक्राउ

बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


पक्राउ पर्नेमा दिन मिजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र धौरी नुजात नाज छन् ।  जसमध्ये प्रहरीले सुरुमा दिन मिजार फारिद इलही जाकालाई पक्राउ गरेपछि ठमलेको एक होटलबाट अन्य चारलाई पक्राउ गरेको हो । 



पक्राउपछि उनीहरुलाई अध्यागमन विभागले हिसातमा लिई अनुसन्धान सुरु गरेको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ । 

पक्राउ नक्कली पासपोर्ट पाकिस्तानी

विशेष