मुख्य समाचार राजनीति

एकताबाट पीडित खनालले भने, न्यायका लागि पार्टीभित्रै लड्छु

एकताबाट पीडित खनालले भने, न्यायका लागि पार्टीभित्रै लड्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू अन्याय भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवाषिर्की कार्यक्रममा सहभागी भएर शनिबार फर्किएका खनालले न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने बताए ।

 

‘पार्टी बरियतामा अन्याय भएको छ । यसविरुद्ध पार्टी भित्र भिन्न मत राखेको छु’ उनले भने, ‘म पाटी भित्र संघर्ष गर्छु । न्याय पाउनका लागि आफ्नाे लडाइलाई जारी राख्छु ।’

 

कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै कम्युनिष्ट पार्टीहरुको एकताका लागि आफूले संघर्ष गरेको इतिहासलाई कसैले तलमाथि पार्न नसक्ने उनले बताए ।

 

कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वप्रधानमन्त्री खनाल चीन भ्रमणमा गएका थिए । कार्यक्रममा विश्वका १६० भन्दा बढि कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो ।

झलनाथ खनाल नेपाल कम्युनिष्ट पार्टी

विशेष