मुख्य समाचार देश

कतारमा भिसा तस्करीको अभियोगमा नेपालीलाई जेल सजाय

कतारमा भिसा तस्करीको अभियोगमा नेपालीलाई जेल सजाय

काठमाडौं । भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल र २० हजार रियल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ ।


अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको  नेपाली दूतावासले जनाएको छ । कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ । 


पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

कतार भिसा तस्करी

विशेष