एयरलिफ्टिङ सेवाले ५ महिलाको ज्यान बचायो
जिल्लाको दुर्गम चंखेली गाउँपालिका मेल्छामकी वसन्ती शाहीले प्रसव पीडाले छटपटाएको पाँच दिनपछि मात्रै उपचार पाएकी छिन् ।
गाउँपालिका उपाध्यक्ष विमला शाही, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र स्थानीयवासी भक्तबहादुर शाहीको पहलमा १९ वर्षकी वसन्तीले उपचार पाएकी हुन् । पेटभित्रको बच्चाको मृत्यु भए पनि विमलाले उपचार पाएकी थिइनन् ।
बच्चा जन्माउन नसकेपछि एयरलिफ्टिङको माध्यमबाट जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा पु-याइएकी शाहीको अप्रेसनका लागि रगत नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन शिक्षण अस्पताल रिफर गरिएको थियो ।
पहिलोपटक गर्भ रहेको र बच्चा पेटमै मरेपछि जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले सुर्खेत क्षेत्रीय अस्पतालमा रेफर गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रञ्जितकुमार यादवले जानकारी दिए ।
शाहीलाई हेलिकोप्टरबाट कर्णाली विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पु-याइएको थियोे । एक घन्टाभित्रै सफल शल्यक्रिया भएपछि आमाको ज्यान जोगिएको छ ।
यस्तै, २ असार २०७५ मा प्रसव पीडाले छटपटाएकी चंखेली गाउँपालिका– ३ की कल्पना रोकायालाई पनि हेलिकोप्टरबाटै जिल्ला स्वास्थ्य कार्यालय हुम्ला पु-याइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय हुम्ला पु-याएपछि सहज रूपमा सुत्केरी भएको कल्पनाका श्रीमान् कलबहादुरले बताए ।
यस्तै, १२ फागुन २०७४ मा बच्चा जन्मिएपछि उच्च रक्तश्रावका कारण बेहोस भएकी चंखेली गाउँपालिका– २ की सुन्दरी कामीलाई एयरलिफ्टिङको सहायतामा भेरी अञ्चल अस्पताल पु-याइएको थियो । सोही कारण उनको ज्यान जोगिएको थियो ।
खार्पुनाथ गाउँपालिका– ५ दुर्पाकी लाउरी बुढालाई पनि सुत्केरी गराउन हेलिकोप्टरबाट जिल्ला अस्पताल हुम्ला पु-याइएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा उपचार हुन नसक्दा उनलाई हेलिकोप्टरबाटै भेरी अञ्चल अस्पताल पु-याइएपछि बच्चा जन्मिएको थियो ।
चंखेली गाउँपालिका– ६ की बाटुली शाहीको पनि हेलिकोप्टरबाट छिटो अस्पताल पु-याउँदा ज्यान जोगिएको थियो । २०७३ फागुन महिनामा पेटमा उल्टो बच्चा भएकी शाहीलाई पूर्वसांसद रिता शाहीको पहलमा हेलिकोप्टरबाट काठमाडौं पु-याइएको थियो ।
नेपाल सरकारले कर्णालीमा खतरामा रहेका गर्भवतीलाई हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पताल पु-याउने व्यवस्था मिलाएपछि जिल्लामा एयरलिफ्टिङको सेवा लिने बढेका छन् ।
सरकारले आर्थिक वर्ष ०७१/७२ बाट कर्णालीका क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि एयरलिफ्टिङ सेवा उपलब्ध गराउँदै आएको छ । तर, अझै पनि सेवाबारे धेरै बेखबर छन् । नयाँ पत्रिकाबाट ।
कर्णाली प्रदेश चंखेली गाउँपालिका एयरलिफ्टिङको सेवा