मुख्य समाचार समाज

आजबाट श्री एयरलाइन्सले राजविराजमा नियमित उडान भर्ने

आजबाट श्री एयरलाइन्सले राजविराजमा नियमित उडान भर्ने

काठमाडाैं । राजविराज विमानस्थलमा आजदेखि नियमित उडान हुने भएको छ । श्री एयरलाइन्सले सातामा ५ दिन उडान भर्नेछ । पक्की धावनमार्ग बनेपछि नियमित उडानको बाटो खुलेको हो । यसअघि श्रीले परीक्षण उडान गरेको थियो ।

 

 आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौं–राजविराज उडान भर्ने गरी सेवा सुरु गर्न लागेको सो एयरलाइन्सले जनाएको छ । काठमाडौं–राजविराज सवा १ बजे र राजविराज–काठमाडौं २ बजेर १० मिनेटमा उड्ने गरी समय तालिका सार्वजनिक गरिएको छ ।

 

 २०१६ मा उद्घाटन गरिएको यो विमानस्थलमा केही समय मात्र जहाज चलेको थियो । त्यसपछि कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै सेवा बन्द गरिएको थियो । अहिले एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण गरिएको छ । 

 

९० मिटर लामो र ६० मिटर चौडा एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वे कालोपत्रे गर्ने कार्य सकिएको छ । 

राजविराज विमानस्थल श्री एयरलाइन्स

विशेष