प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन भोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विहान ११ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सोमबार दिनको २ बजे गर्ने भनिएको उक्त सम्बोधन संसदमा विनियोजन विधेयकमाथिको छलफल चलिरहेकाले प्रधानमन्त्रीको सम्बोधन मंगलबार विहान ११ बजे गर्न लागिएको हो ।
६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने भनिए पनि सोमबार दिउँसो १ बजे उक्त कार्यक्रम स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे प्रधानमन्त्री ओलीले मंगलबारको संसद बैठक मार्फत जानकारी गराउने भएका छन् ।