राजनीति

सरकारकाे बजेटमा कांग्रेसका सांसदकाे अापत्ति

सरकारकाे बजेटमा कांग्रेसका सांसदकाे अापत्ति

काठमाडाैं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेट विनियोजनमा सरकारले विभेद गरेकाे भन्दै टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरी विभेद गरेको बताएका हुन् ।

 

नवनिर्माणकाे क्रममा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पुर्वाधारका कार्यक्रममा पनि उचित ध्यान पुर्‍याउन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । 

 

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालले ठूला ठूला सपना देखाउने सरकारले आफ्नो क्षेत्रमा पैदलमार्गका लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ती जनाइन् । सरकारले सांसदहरुको हात खुट्टा बाँधेर राख्ने काम गरेको आरोप लगाइन् ।

 

यस्तै सांसद संजयकुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्तापक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिकता दिएको बताएका छन् । अाफ्नाे क्षेत्रमा योजना नपरेको भन्दै उनले गुनासाे गरे ।

 

बजेट संसद काँग्रेस

विशेष