अपराध सुरक्षा मुख्य समाचार देश प्रदेश २

पटनाका व्यवसायी चौधरीको रक्सौलमा हत्या

पटनाका व्यवसायी चौधरीको रक्सौलमा हत्या


वीरगंज  । वीरगंजको एक समारोहमा सहभागी हुन आउँदै गरेका भारत पटनाका रियल स्टेट व्यवसायी अरविन्द चौधरीको बाटोमै हत्या भएको छ।मोतिहारी जिल्लाका एसपी श्री सिंहले चौधरीको लाश रक्सौलबाट करिब १० किलोमिटर दक्षिणमा रहेको रामगढवा थानाको त्रिवेणी गाउँबाट साँझ ४ बजे फेला परेको बताए।

 

मोतिहारी–सुगौली सडकखण्डबीच रहेको बाइपास नजिक हत्या गरी लाश गाडीमा राखेर त्रिवेणी गाउँ हुँदै भाग्दैगर्दा बिआर ०१ पिजे १०६४ नम्बरको रातो रंगको महिन्द्रा टियुभी कार हिलोमा फसेको थियो।

 

खाल्डोबाट उक्त गाडी ननिस्केपछि ३–४ जनाको समुह गाडी छोडेर भागेको प्रहरीमा खबर पुगेको थियो। प्रहरीको अनुसन्धानले व्यवसायी चौधरीको गाडीमै हत्या भएको पुष्टि भएको रक्सौलका पुलिस इन्सपेक्टर अजय कुमारले बताए।

 

व्यवसायी चौधरी पटनाको मिठापुरमा रियल स्टेटको व्यवसाय गर्दै आएका थिए। उनी रक्सौल कोइरिया टोलका व्यवसायी जटाशंकर गुप्ता र वीरेन्द्र गुप्ताका भिनाजु पर्छन्। उनको घर सीतामढिमा रहेको बिहार पुलिसले जनाएको छ।

 

वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले वीरगंजमा कुनै मारवाडी परिवारको विवाहको कार्यक्रम नरहेको बताए। उनका अनुसार भोलि वीरगंजका एक चौधरी परिवारमा छठियारको कार्यक्रम रहेको छ। व्यावसायी चौधरी भोलिको कार्यक्रममा आउन लागेको भन्न नसकिने अवस्था रहेको केडियाले बताए।

व्यवसायी हत्या

विशेष