मुख्य समाचार समाज देश

डाँडै खसेपछि मुग्लिन सडक बन्द, हजाराैं यात्रु अलपत्र

डाँडै खसेपछि मुग्लिन सडक बन्द, हजाराैं यात्रु अलपत्र

चितवन । पुरै डाँडै खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको कालिखोला र तीनकिलोको बीचमा रहेको तोपखेलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

 

पहिरो बिहान करिब ४ बजे खसेपनि पन्छाउने काम अझै सुरु हुन सकेको छैन् । वर्षाको क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । पुरै डाँडो खसेकाले पहिरो पन्छाउन दिनभरजसो लाग्नसक्ने प्रहरीको अनुमान छ ।

 

सडक अवरुद्ध भएसंगै सयौं सवारी र हजारौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन करिव ३–४ किलो मिटर टाढासम्म पुगेको छ । पहिरो पन्छ्याउन दिनभरजसो लाग्ने देखिएपछि थकित यात्रु निराश देखिएका छन् ।

 

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । यस सडकखण्डमा दिनहुँजसो पहिरो खस्ने गरेको छ ।

कालिखोला नारायणगढ मुग्लिन सडकखण्ड तीनकिलो

विशेष