मुख्य समाचार राजनीति

कांग्रेसकाे लक्ष्य अब संसद अवरुद्ध गर्ने मात्र

कांग्रेसकाे लक्ष्य अब संसद अवरुद्ध गर्ने मात्र

काठमाडौ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने तयारी गरेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने संवैधाननिक व्यवस्था कार्यान्वयन नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्ने तयारी गरेको हो ।

संवैधानिक व्यवस्था नै कार्यान्व्यन गर्न नखोजेको भन्दै कांग्रेसले आक्रोश व्यक्त गर्दै आएको छ । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठाउँदै आएका छन । 

तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ ।

कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए । यो संवैधानिक व्यवस्था कार्यान्व्यन नभए कांग्रेसले संसद् चल्न नदिने उनले चेतावनी दिए । 

नेपाली काँग्रेस

विशेष