अर्थ कर्पोरेट मुख्य समाचार देश प्रदेश ३

अपर तामाकोशीको आईपीओ असार २४ गतेदेखि

अपर तामाकोशीको आईपीओ असार २४ गतेदेखि

काठमाडौं  । अपर तामाकोशी हाइड्रोपावरको आईपीओ असार २४ गतेदेखि आउने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गर्न लागेको हो । 

 

कम्पनीले स्थानिय बासिन्दाको लागि १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । यस आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानिय बासिन्दाले न्यूनतम् ३० कित्ता र अधिकतम् ३ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

 

आयोजना प्रभावित क्षेत्रको बासिन्दाको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण शेयरधनीहरुका लागि शेयर निष्कासन गर्नेछ । सर्वसाधारणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सर्वसाधारणले भने न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष सह–निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

 

हाल कम्पनीको चुक्तापूँजी  ७ अर्ब ९४ करोड रहेको छ । स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन र बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी  १० अर्ब ५९ करोड पुग्नेछ ।

आईपीओ तामाकोशी

विशेष