मुख्य समाचार राजनीति

यसकारण बञ्चित भए राजेन्द्र श्रेष्ठ मन्त्री बन्नबाट

यसकारण बञ्चित भए राजेन्द्र श्रेष्ठ मन्त्री बन्नबाट

काठमाडौं । फोरम सरकारमा जाने पक्का भएदेखी नै मन्त्री बन्ने चर्चामा रहेका फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ अन्ततः त्यो अवसरबाट बञ्चित भएका छन् ।


 
हिमाल पहाड र तराईलाई मिलाएर फोरमले मन्त्री चयन गर्ने तयारी गरेपछि उनको सम्भावना झनै बढेको थियो । तर, अन्तिममा निर्णय भने उनको पोल्टा बाहिर पर्यो । दुई मन्त्रालय भाग पाएको फोरमले अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईलाई सरकारमा पठाएको छ ।


 
सुरुवाती छलफलमा अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने गरि माहोल तयार भएको थियो । तर, महासचिव रामसहाय यादव समूहले श्रेष्ठको नाममा आपत्ति जनाए पछि माहोल एकाएक विग्रिएको थियो । 

 

महासचिव यादव समूहकै दबाबका कारण अन्ततः श्रेष्ठ पछि हट्न बाध्य भए ।  श्रेष्ठ ब्याक भएपछि उनलाई मन्त्री बनाउन नहुने ‘लबिङ’मा रहेका अर्का नेता इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् ।

राजेन्द्र श्रेष्ठ सहरी विकासमन्त्री

विशेष