समाज देश राजनीति मुख्य समाचार

प्रदेश ३ का मुख्यमन्त्री भन्छन्, ‘सुमार्गीले खुवाउँछन्, पियाउँछन् त किन नभेटुँ ? ’

प्रदेश ३ का मुख्यमन्त्री भन्छन्, ‘सुमार्गीले खुवाउँछन्, पियाउँछन् त किन नभेटुँ ? ’

‘७३ लागेँ । अब खाएर पिएरै मर्नुपरे के गरौं त, मरौंला नी !’ भन्ने गरेका ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हिजोआज एउटा तनावमा परेका छन् । दुई महिनाबीचमा उनले तीनचोटी व्यापारी अजेयराज सुमार्गीसँग भेटे । ‘किन भेटिस ?’ भनेर सोध्नेहरुलाई जवाफ दिँदाको हैरानी छुट्टै छ आजकाल भन्न थालेका छन्, ‘खुवाउँछ, पियाउँछ –के गर्नु  त !’


चिनियाँराष्ट्रपतिकी छोरीसँग राम्रो सम्बन्ध छ भन्दै व्यापारी अजेयराज सुमार्गीले कुलेखानी–हेटौंडा सुरुङमार्गका लागि उताका निर्माण कम्पनी नै ल्याईदिने बताएपछि लोभ्भिएका डोरमणि त्यतिबेला लज्जित भए, जब सुमार्गीले उनलाई घरमा बोलाएर , मीठा–मीठा खाने कुरासँगै रक्सीको बोतल नै राखी फोटो खिचिदिए, अनि त्यही फोटो सामाजिक सञ्जालभरि भाइरल बनाइदिए । 


सुमार्गीले पहिलोचोटी बोलाए, नयाँबानेश्वरस्थित आफ्नो घरमा । त्यतिबेला डोरमणि र सुमार्गीको साझा चासोको विषय थियो , हेटौंडालाई प्रदेश राजधानी कायम राख्ने । यहि कुराका लागि सुमार्गीले प्रचण्डसँग भेटाईदिन्छु भनेका थिए । नभन्दै त्यो भेटमा प्रचण्ड पुगे । ‘तपाई त मेरो पुरानो साथी नी’ भन्दै प्रचण्डले त्यो भेटमा स्कच चियर्स गरे ।

 
प्रचण्डले उमेरका कारण होला, डोरमणीलाई दाइ भनेर सम्बोधन गरे । केही दिन अघिचाहिँ  सुमार्गीले यसरी नै प्रचण्डसँग भेट हुन्छ, चिनियाँ लगानीकर्तासँग भएको कुराकानी राखौंला भनेर बोलाए । तर, त्यो भेटमा प्रचण्ड थिएनन् । दारु, खान्की थियो र छेउमा चिनियाँ व्यापारी थिए । डोरमणिलाई चाहिएको थियो, आफ्नो जन्मथलो फर्पिङबाट हेटौंडाको सडक दुरी जम्मा एक घण्टाको बनाउनका लागि सुरुङमार्ग निर्माण । तर, सुमार्गीचाहिँ चिनियाँ व्यापारी देखाउँदै सुरुङमार्ग भन्दा बढी सिमेण्ट कारखाना सञ्चालनको कुरा जोडसँग राख्दै थिए । 


उनेले हेटौंडामा सञ्चालित देशकै सबैभन्दा बढी उत्पादन क्षमता भएको होङ्सी शिवम् सिमेन्टभन्दा पनि ठूलो सिमेन्ट कारखाना सञ्चालन गर्ने प्रस्ताव ल्याएका थिए । एउटै सिमेण्ट कारखानाका कारण हेटौंडा धुलाम्मे भएको भनी वातारणविद्ले उक्त कारखाना मानवबस्तीभन्दा अझ पर सार्न दबाब दिइरहेका छन् । 


त्यसमाथि अर्को सिमेण्ट फ्याक्ट्री त्यहीँ चलाए हालत के होला ? सुमार्गीले यसो भन्नुको कारण हो, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अवैध भनेको करिब १२ अर्ब रुपैंयामध्ये १९ करोड ८७ लाख तीन हजार एक सय ७७ रुपैंया नरोक्न सर्वोच्चले राष्ट्रबैंक र इनभेष्टमैन्ट बैंकको नाममा माघमा अन्तरिम आदेश जारी गर्नु । 


नेपाल स्याटेलाईट टेलिकम प्रालिका लागि भनेर आएको दुई अर्ब १९ करोड ८७ लाख तीन हजार एक सय ७७ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा अन्तरिम आदेश जारी भएपछि उक्त रकम लक्ष्यित परियोजनामा मात्र खर्च गर्न पाइने शर्त थियो ।

 

त्यस अनुसार नेपाल स्याटेलाइट कम्पनी र मुक्तिश्री प्रालिका उद्देश्य पूरा गर्न खर्च गर्नुपर्छ । यसमध्ये सुर्खेत जिल्लाको गुटुस्थित चौकुने सिमेण्ट उद्योगको अवस्था तहसनहस छ । उद्योग सञ्चालनका लागि सुमार्गीको मुक्तिश्री प्रालिलाई चार वर्षमा काम सुरु गर्ने गरी २०६६ वैशाखमा अनुमति दिएको थियो । 


तर सडक र बत्ति नभई उद्योग सञ्चालन गर्न नसकिने बताएपछि त्यहाँको काम रोकिँदै आएको थियो । त्यही काम हेटौंडामा गर्ने प्रस्ताव उनले डोरमणिसँग राखेका छन् ।

 

यो कुरा पहिला हेटौंडाका मेयर हरिबोल महतलाई राखेका थिए तर, हरिबोलले ‘तैंले बोलाउँदैमा म किन आउने ?’ मेयरलाई आइज भन्छस्’ भनेर हप्काए । बरु, भेट्न मन भए यतै आइज’ भनेर उपमहानगरपालिकाकै कार्यकक्षमा कुरा गरे । त्यो भेटमा पनि सुमार्गीले सिमेण्ट फ्याक्ट्रीकै प्रस्ताव सुनाए । उनले सकिँदैन भनेपछि डोरमणिलाई फकाउन कस्सिएका छन् । अहिले भाञ्जीको विवाहका लागि अमेरिका पुगेका छन् । जनअास्था साप्ताहिकबाट । 
 

डोरमणि पौडेल अजेयराज सुमार्गी प्रदेश न‌ं. ३

विशेष