अर्थ मुख्य समाचार देश प्रदेश ३

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्त नजिकिँदै गर्दा पछिल्ला ११ दिनमा झण्डै १० अर्ब रुपैयाँ पूँजीगत बजेट भुक्तानी भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ५१ प्रतिशत बजेट निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

 

महालेखा नियन्त्रकको कार्यालयको असार ११ गतेको तथ्याङ्क अनुसार ५१ दशमलव ३० प्रतिशत पूँजीगत बजेट निकासा भएको छ । जेठ मसान्तसम्म भने ४८ दशमलव ३२ प्रतिशत खर्च भएको थियो ।

 

असारको ११ दिनमा मात्रै कूल पूँजीगत बजेटकोे २ दशमलव ९८ प्रतिशत रकम निकासा भएको छ । असारको ११ दिनमा मात्रै कूल पूँजीगत बजेटको ९ अर्ब ९८ करोड ८२ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ ।

बजेट भुक्तानी

विशेष