मुख्य समाचार देश

नारायणी नदीमै भेटियाे डल्फिन

नारायणी नदीमै भेटियाे डल्फिन

चितवन । चितवनकाे नारायणी नदीमा समुद्री जनावर डल्फिनले बच्चा भेटिएकाे बताइएकाे छ । नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।

 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार साेही क्षेत्रमा डल्फिनका माउ भेटिएका थिए । तिनै डल्फिनले बच्चा जन्माएकाे अनुमान चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूकाे छ ।

 

 

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदीमा डल्फिन देखिएकाे यस घटनालार्इ अनाैठाे ठानिएकाे छ । नेपालका नदीमा यस्ताे घटना दुलर्भ नै हाे। डल्फिन सामान्यतः समुद्र र ठूला नदीमा पाइने जल जनावर हाे ।

 

उक्त नदीमा घडियाल गोही लगायत जल जनावर भए पनि डल्फिन नै देखिएका थिएनन् । अब भने निकुन्जका अधिकारीहरूले डल्फिनकाे संरक्षण गर्नुपर्ने बताएका छन् । 

डल्फिन नारायणी

विशेष