वैदेशिक रोजगारीमा सिन्डिकेट खारेजी हुन सकेन
काठमाडौं । सिन्डिकेट गरी मलेसिया कामदार पठाउने संस्थाहरुको खारेजी प्रक्रिया अझै अनिश्चित बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारसँग ठूलो रकम असुल गरेको भन्दै एक महिनाअघि सिएलएन, बायोमेट्रिक, वान स्टपसेन्टर,आइएससी तथा माइग्राम्सजस्ता मेनपावर कम्पनी खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयको निर्णयसँगै प्रहरीले मने कम्पनीका प्रतिनिधि/सञ्चालकलाई पक्राउगरी अदालतमा मुद्दा चलाइको छ । अब अदालतको फैसला नआउँदासम्म मन्त्रालयको निर्णय कार्यान्वयन प्रक्रिया अघि बढ्ने छैन ।
नागरिक दैनिकबाट