समाज देश

१० हजार कर्मचारी स्थानीय तहमा पठाइदै

१० हजार कर्मचारी स्थानीय तहमा पठाइदै

काठमाडाैं । लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले संघीय स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरिरहेको छ ।


लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारीहरु स्थानीय तहमा जान अटेर गरिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो ।

 

स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गर्ने उदेश्य सहित सो गृहकार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।


राज्यलाई ढा“टेर केन्द्रमै बस्ने कर्मचारीलाई स्थानीय तहमा जान अटेर गरेमा कडा कारवाही गर्ने चेतावनी सहित मन्त्रालयले सो तयारी अघि बढाएका बुझिएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह

विशेष