मुख्य समाचार समाज

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

काठमाडाैं । हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । 

 

आर्थिक बर्ष २०६३, ०६८ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रक खर्च गरेका हुन् ।  प्रशासन कार्यालय र राहदानी विभागमार्फत हराएका पासपोर्ट बनाउनेको संख्या दुई लाख २० हजार तीन सय छ । 

 

यस अवधिमा जिल्ला प्रशासनमार्फत नयाँ पासपोर्ट बनाउनेको संख्या एक लाख चार हजार दुई सय ७६ छ । जिल्लामा पासपोर्ट बनाउन १० हजार रुपैयाँ खर्च लाग्छ । 

 

यी आधारमा जिल्ला प्रशासमार्फत हराएका पासपोर्ट बनाउन मात्रै आठ बषृमा एक अर्ब चार करोड २७ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 
 

पासपोर्ट

विशेष