मुख्य समाचार राजनीति

अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं: कमल थापा

अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं: कमल थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने गरी विभाजित शक्तिहरुसँग एकता हुन लागेको बताएका छन् ।

 

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला थापाले छिन्नभिन्न पूर्वपञ्चहरुबीच मजबुत एकता हुन लागेको बताएका हुन् ।


फुट्नका लागि किन फेरि पार्टी एकता भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै थापाले भने, ‘विगतमा विभाजित भएका शक्तिहरुसँग अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं ।’

 

अबको पार्टी एकता गएको महाधिबेशनमा लिइएको नीति, सिद्धान्त र कार्यक्रमकै आधारमा हुने उनले प्रष्ट पारे ।

 

विगतको राप्रपा विभाजन स्मरण गर्दै उनले उपलब्धि जोगाउन नसक्नु आफ्नो भुल भएको बताए ।’राप्रपा नेपाल र राप्रपाबीचको एकता आवश्यक भए पनि त्यसलाई जोगाउन नसक्नु कमजाेरी हाे’, थापाले विगतकाे गल्ती स्वीकार्दै भने ।

 

यसैबीच, थापाले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि पार्टीले जनसंर्घषका कार्यक्रम अघि बढाउने बताएका छन् । चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले जनसंर्घषको पूर्वतयारीका लागि अगामी असार २८ गतेबाट अभियान सञ्चालन गर्ने जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा पार्टी एकता

विशेष