मुख्य समाचार राजनीति

स्थानीय तहमा पनि संसदीय दल बनाउँदै नेकपा

स्थानीय तहमा पनि संसदीय दल बनाउँदै नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ । केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो ।

 

‘तीनवटै तहमा सरकार भएकाले सबैमा पार्टीको संसदीय दल गठन गर्ने गरी पार्टीको विधान बनेको छ,’ विधान निर्माणमा संलग्न नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले भने, ‘स्थानीय तहमा पनि संसदीय दल बनेपछि पार्टी नीतिअनुसार अझ प्रभावकारी कार्यसम्पादन हुने विश्वास गरिएको छ ।’

 

स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ ।, नयाँ पत्रिकामा खबर  छ।

नेपाल कम्युनिस्ट पार्टी स्थानीय तह संसदीय दल

विशेष