Breaking News मुख्य समाचार समाज

सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ११ तिङलास्थित खाप्ला भिरमा आज भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा ६ जनाको घटना स्थलमै मृत्यु भएको र एक जनालाई उद्दार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

 

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।  मृतकको सनाखत हुन सकेको छैन । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप बिहान करिब साढे ७ बजे दुर्घटनामा परेको हो ।

 

सल्यानकाे दाेलीबाट पिङला तर्फ अाउँदै गरेकाे काे१ज १८०६ नम्बरकाे बाेलेराे जीप भीरबाट करिब एक किलाेमिटर तल  दाल्दु खाेल्सामा खसेकाे स्थानीय प्रत्यक्षदर्सि हेम खड्काले बताए।

 

घटनास्थलमा एक बालिका पनि घाइते अवस्थामा भेटिएकी र उनलार्इ उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएकाे उनले बताए।

 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सई उदय कट्टेलले प्रहरी घटनास्थलतर्फ गइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

सोलुखुम्बु जीप दुर्घटना मृत्यु

विशेष