मुख्य समाचार राजनीति

वर्तमान चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुन्छः प्रकाशमान सिंह

वर्तमान चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुन्छः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन् । 
काठमाडौं क्षेत्रनम्बर १ को क्षेत्रीय भेलालाई शनिबार बिहान सम्बोधन गर्दै यस्ताे बताएका हुन् ।

 

नेता सिंहले भने, ‘अहिलेको चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ भनेर यदि हामीले आम जनता र आम कार्यकर्ताहरुलाई इम्प्रेसन दिन सकेनौं भने राम्रो हिस्ट्रीले मात्र काम गर्दैन।’ मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दावी गर्दै उनले अब आर्थिक समृद्धिको अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए ।

 

अब कम्युनिस्टको सामना गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा, आम जनतासँग जोडिएर उनीहरुका समस्या समाधान गर्न लाग्न कार्यकर्ताहरुलाई  उनले निर्देशन दिए । यस्तै उनले प्रजातन्त्रलाई कमजोर पारेर, संविधानको मूल मर्म र भावनालाई कमजोर बनाएर जान थाल्ने हो भने कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

 

पार्टीलार्इ स‌ंघीय स‌ंरचनामा लिन सबैभन्दा पहिले पार्टीको केन्द्रिकृत विधानलाई संशोधन गर्नुपर्नेमा सिंहले जोड दिए । उनले भने, ‘हाम्रै पार्टी सभापति सुशील कोइरालाको पालामा संघीयतासहितको संविधान जारी गर्ने तर पार्टीचाहिँ अझैसम्म पनि एकात्मक केन्द्रियतामा अल्झिएर बसेको छ त्यो त भएन नि । यसमा सुधार गर्नुपर्‍यो । विधानलाई संशोधन गर्नुपर्‍यो ।’

 

पार्टीलार्इ अहिलेकाे अवस्थाबाट माथि उठाउँनु पर्ने भन्दै याे पाराले नहुने उनकाे बुझाइ थियाे । उनले अघि भने, ‘मेरो व्यक्तिगत रुपमा कसैप्रति गुनासो छैन तर सवाल के छ भने पार्टी जोगाउने कि नजोगाउने ? यसरी त चल्दैन नी पार्टी । तपाईंहरुलाई लाग्ला आफू ठूलो हुनलाई यसले यस्तो कुरा उठाइरहेको छ, त्यो होइन । म १७ सालदेखि कै भुक्तभोगी हुँ । कार्यकर्ताहरुलाई के कस्ता कष्ट आइरहेका हुन्छन् भन्ने कुरा मैले देखिरहेको छु ।’

विशेष