मुख्य समाचार राजनीति

संशोधनकै आश्वासनमा उपेन्द्र यादवको सत्तारोहण

संशोधनकै आश्वासनमा उपेन्द्र यादवको सत्तारोहण

अरु मधेसकेन्द्रित दलले संविधान संशोधन माग्दै गर्दा उपेन्द्र यादव त्यसले नपुग्ने, पुर्नलेखन नगरी पछि नहट्ने चर्को अडानमा थिए । 



तीन बर्षअघिको तेस्रो मधेस आन्दोलनदेखि गत बर्षका तीन चरणका चुनावसम्मै उनले आफ्नो त्यही अडान एकनास दोहोर्याईरहे । तिनै नेता यादव संविधान संशोधनको मोटो सैद्धान्तिक सहमतिका भरमा सात बर्षको प्रतिपक्षी कित्ता बदल्दै सत्ता राजनीतिमा फर्केका छन् । 



यसोसँगै यादवको संघीय फोरमलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी ओलीले दुई तिहाईको शक्ति आर्जन गरेका छन् । 



प्रदेश २ मा पकड रहेको फोरमको सत्तारोहणसँगै मधेसी भावनाको प्रतिनिधित्व देखाएर सरकारले मैदानी भुभागका असन्तुष्टिलाई मन्थर गर्ने प्रयत्न गरेको छ ।, आजको नेपाल  साप्ताहिकमा यो खबर छ । 

संविधान संशोधन केपी ओली उपेन्द्र यादव

विशेष