मुख्य समाचार राजनीति

सवारी प्रदूषण जाँच्‍न गृहमन्त्री र वातावरण मन्त्रीको छड्के

सवारी प्रदूषण जाँच्‍न गृहमन्त्री र वातावरण मन्त्रीको छड्के

काठमाडौं । सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने भएको छ। त्यसको संकेत सरकारले आइतबार बिहानै काठमाडौंका सडकमा दिएको छ।

 

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत बिहान ७ बजे नै थापाथलीस्थित सडकमा प्रदूषण मापन गर्ने यन्त्र सहित छड्के जाँचमा निस्किएका थिए। 

 

उनीहरू गाउन र मास्क लगाएर सरकारी अधिकरीहरूसहित सवारी जाँचमा खटिएका थिए। 

 

हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सावारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छन्। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो।

 

यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणमा विशेष व्यवस्था गर्न लागेको सरकारी अधिकारीको भनाई छ।

विशेष