मुख्य समाचार राजनीति

सम्मृद्धि हुदै समाजवादतर्फ उन्मुख बजेट आएको छ नराम्रो भन्न मिल्दैन : पौडेल

सम्मृद्धि हुदै समाजवादतर्फ उन्मुख बजेट आएको छ नराम्रो भन्न मिल्दैन : पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद विष्णु पौडेलले विकास, सम्बृद्धि र सामाजिक न्यायको पक्षमा नयाँ बजेट आएको बताएका छन् । आइतबार बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले नयाँ संविधानले परिकल्पना गरेको सम्बृद्धिको आधारमा बजेट आएको बताएका हुन् । 

 

‘यथार्थको जगमा उभिएर अपेक्षका बीचमा बजेट प्रस्तुत भएको छ । बजेटको जगमा उभिएर मुलुकलाई सम्बृद्धिमा लैजान सकिन्छ,’ उनले भने । सम्मृद्धि हुदै समाजवादतर्फ उन्मुख बजेट आएको भन्दै उनले आठ खर्व राजश्व संकलनको लक्ष्य, प्रगतिशिल कर, थोरै आम्दानीले थोरै र धेरै हुनेले धेरै कर तिर्नुपर्ने यो समाजवादको गुण भएको बताए । 

 

उनले ८ प्रतिशतको आर्थिक बृद्धि दर हासिल गर्ने कुरा पनि चानचुने नभएको भन्दै मुद्रासिफृति, शिक्षा रोजगार, सातै प्रदेशमा शिक्षण अस्पताल स्थापनाको व्यवस्था गरेको बताए । 

 

दुई वर्षमा सवै वडामा स्वस्थ्य संस्था, उर्जा दशक, हुलाकी, मध्यपहाडी, दु्रतमार्गलगायतका विषयलाई प्राथमिकता दिएकाले पनि यो बजेटलाई नराम्रो भन्न नमिल्ने बताए । 

विशेष