मुख्य समाचार समाज

सरकारी पुरूष कर्मचारीलार्इ पनि भत्ता सहित सुत्केरी बिदा

सरकारी पुरूष कर्मचारीलार्इ पनि भत्ता सहित सुत्केरी बिदा

काठमाडाैं  । अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् ।

 

सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यकाे अधिकार व्यवस्था गर्न बनेकाे विधेयकमा महिलालार्इ ९८ दिनसम्म तलबसहितकाे अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ' विधेयकमा उल्लेख छ ।

 

भदाै मसान्तसम्म पारित गराउने तयारीसहित बनार्इएकाे विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरूष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितकाे १५ दिन प्रसुति स्याहार बिदा पाउने छन् ।

 

'सुत्केरी हुनुअघि वा पछि बिदा र तलब दिनेकुरा एकदमै राम्राे छ,' स्वास्थ्यकर्मी डा अरूणा उप्रतीले स्वास्थ्य मन्त्रालयमा अायाेजित छलफलमा भनिन्, 'तर यसकाे गलत फार्इदा नउठार्इयाेस् ।'

 

अाफ्नाे कार्यालयमा कार्यरत महिलालार्इ बच्चा जन्मेकाे दुर्इवर्षसम्म कार्यालय समयमा अामाकाे दुध खुवाउन सम्बन्धित संस्थाले व्यवस्था मिलाउनुपर्ने छ ।

 

विधेयकमा महिलालार्इ महिलालार्इ चिकित्सककाे रायबमाेजविम प्रजनन स्वास्थ्य रूग्णताकाे कारणले जटिल शल्यक्रिया अघि या पछि कम्तीमा ३० दिनसम्म तलबसहित अतिरिक्त बिदा दिन प्रस्ताव गरिएकाे छ । कान्तिपुर दैनिकबाट ।

भत्ता सुत्केरी बिदा

विशेष