मुख्य समाचार देश राजनीति

पेट्राेलियम पदार्थकाे मूल्य वृद्धिबारे नेविसंघ कडा संघर्षमा उत्रिदै

सरकारलार्इ दियाे यस्ताे चेतावनी

पेट्राेलियम पदार्थकाे मूल्य वृद्धिबारे नेविसंघ कडा संघर्षमा उत्रिदै

काठमाडाैं । सरकारले सय दिनमै पेट्राेलियम पदार्थकाे मूल्य  ५ पटक वृद्धि गरेकाे भन्दै नेपाल विद्यार्थि संघले अापत्ति जनाएकाे छ ।

 

सरकार कालाेबजारिया र माफियाकाे चंगुलमा फसेर दैनिक उपभाेग्य बस्तुमा पनि चरम मूल्य वृद्धि गरेरकाे नेविसंघले अाराेप  लगाएकाे हाे  ।

 

युवा विद्यार्थि र अाम जनताकाे जनजिवन नै प्रभावित हुने गरे भइरहेकाे मूल्य वृद्धिबारे अाेली सरकार गैरजिम्मेवार देखिएकाे भन्दै यस विरूद्ध कडा संघर्षमा उत्रिने नेविसंघले चेतावनी दिएकाे छ ।

 

पछिल्लाे समय विभिन्न वस्तुमा भइरहेकाे मूल्य वृद्धि यथाशिघ्र फिर्ताकाे माग गर्दै उसले जेठ २२ गते देशभरिका जिल्ला प्रशासन कार्यालयलार्इ ज्ञापन पत्र बुझाउने भएकाे छ ।

 

यस्तै जेठ २३ गते दिउँसाे २ बजे सबै जिल्ला प्रशासन कार्यालय अगाडि कालाे झण्डा राखेर धर्ना दिने र सदरमुकाममा १ घण्टा चक्का जामसिहत  विराेध प्रदर्शन गर्ने कार्यक्रमम राखेकाे छ ।

मूल्य वृद्धि नेविसंघ पेट्राेलियम पदार्थ

विशेष