अनैतिक शारीरिक सम्पर्क राख्ने शिक्षक पक्राउ

धनगढी । छिमेकी महिलासँग नियमित शारीरिक सम्पर्क राख्दै आएका एक शिक्षक रंगे हात पक्राउ परेका छन् । नातिनातिनीसमेत भएकी महिलाकै घरमै गएर शारिरिक सम्बन्ध राख्दै गरेका धनगढीस्थित ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादुर साहु रंगेहात पक्राउ परेका हुन् ।
साहुसँगै शारिरिक सम्पर्क राख्ने महिला पनि पक्राउ परेकी छन् । पक्राउपछि साहु र महिला मीना बोहरा (नाम परिवर्तन) लाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ । उनीहरूविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
गत शनिबार रंगेहात पक्राउ परेका दुबैजनालाई कारबाहीको माग गर्दै आइतबार कनरीबाट स्थानीय जनता जिल्ला प्रहरी कार्यालयमा गएर बोर्डिङ स्कुलको सञ्चालक तथा प्रिन्सिपल भएर पनि समाजमा उच्छृंखल काम गरेको भन्दै कारबाहीको माग गरेका थिए ।
विवाहित प्रिन्सिपल साहुले नातिनातिनीसमेत भएकी ती महिलासँग लामो समयदेखि शारीरिक सम्पर्क राख्ने गरेको बताइएको छ । दुबै जनालाई यसअघि पनि पटक–पटक त्यस्तो नगर्न सम्झाई बुझाई गरेको तर उनीहरूले नमानेपछि पक्राउ गरेर प्रहरीसमक्ष बुझाइएको स्थानीयले बताएका छन् ।
दुबै जनालाई कारबाही हुनुपर्ने माग राख्दै अनैतिक शारीरिक सम्पर्कमा संलग्न महिलाकी पति र छोराछोरीहरू पनि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए ।