मुख्य समाचार समाज

विद्यालयकाे हालत ! कहिले विहे, कहिले गाेरू

विद्यालयकाे हालत ! कहिले विहे, कहिले गाेरू

वीरगञ्ज । पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ ।

यो विद्यालयमा बाल विकास केन्द्रसमेत गरेर पहिला ६ वटा कक्षा सञ्चालन हुन्थे । अचेल जम्मा २ वटा कोठा प्रयोगमा छन् । विद्यालयमा बाल विकासदेखि ३ कक्षासम्म एउटा कोठामा पढाइन्छ भने ४ र ५ का विद्यार्थीलाई अर्को कोठामा राखेर पढाइन्छ । पहिले ६ जना शिक्षक हुन्थे, अचेल तीन जना शिक्षक कार्यरत छन् ।


पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटोलास्थित नेपाल राष्ट्रिय प्रावि दसौताको हालत यस्तै छ । विक्रम संवत् २०१८ सालमा स्थापना भएको यो विद्यालयको अवस्था कुन हदसम्म नाजुक भइसकेको छ भने विद्यार्थी टिफीनपछि निकै कम मात्र आउँछन् ।

हाजिरी रजिष्ट्ररमा विद्यार्थी संख्या १ सय ९९ जना उल्लेख भएपनि, नियमित विद्यालय आउने विद्यार्थीको संख्या २५/३० को हाराहारी मात्रै छ । यही विद्यालयकाे कक्षा काेठामा सार्वजनिक विवाह गर्ने, गार्इ गाेरू गएर दिशा पिसाब गर्ने गरेका छन् । 

विद्यालय पर्सा

विशेष