आँकडा देखाएर देश बन्यो भन्दैमा चित्त बुझाउँदैनौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास आँकडामा नभएर नागरिकको जीवनमा देखिनुपर्ने बताएका छन्। प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओलीले अझै पनि कतिपय क्षेत्रमा बस्ने तथा खाने र बालबालिका स्कुल जाने अवस्था नहुनु दुखद् भएको बताए। उनले लोकतन्त्रमा राजनीतिक अधिकार मात्र नभएर नागरिकको अधिकारमा र उसको जीवनमा देखिनुपर्ने बताए।
उनले भने, 'आज हामीले ल्याएको लोकतन्त्र भनेको राजनीतिक अधिकारमा सीमित लोकतन्त्र होइन, समाजिक र नागरिकको जीवनमा देखिनुपर्छ।' उनले भने, 'समग्र राष्ट्रका उत्पादनका आँकडा देखाएर हामी माथि छौँ भनेर देखाउँदा दुनियाँले चित्त बुझाओस् हामी चित्त बुझाउने पक्षमा छैनौँ। हामीलाई त प्रत्येक परिवारले खाना पाएको होस्।
बालबालिका स्कुल पढ्न पाएको होस्। हरेक नेपालीले औपधि उपचार गर्न पाएको होस्।' उनले हरेक नेपाली अभधिकार सम्पन्न भएको हुनुपर्ने तथा उसका सबै अधिकार पाएको र उपभोग गरेको हुनुपर्नेब ताए। त्यस्तै सबैलाई अधिकार समान रुपमा पाएको हुनुपर्ने असमान अधिकार सैह्य नहुने बताए।