भिडियो मेरो परिवार मेरो कथा

 पूजा भन्छिन्, ‘मलाई बारम्बार यातना दिइयो’ (भिडियाे)

आइजिपीले दिएको पैसासमेत मेनुका थापाले खाइन् !

 पूजा भन्छिन्, ‘मलाई बारम्बार यातना दिइयो’ (भिडियाे)

काठमाडौं । रक्षा नेपालको आश्रयमा बस्दै आएकी पूजा बोहराले आफूमाथि आश्रम रहँदा अमानवीय र अमर्यादित व्यवहार खप्नुपरेको आरोप लगाएकी छन् । 


नेपाल आजसँग बुधबार उनले दिएको अन्तर्वार्ता उनले रक्षा नेपालकी अध्यक्षा मेनुका थापाले आफूमाथि पटक पटक अमानवीय र अमर्यादित व्यवहार गरेकी र त्यस्ता व्यवहार सहन नसकेर न्यायका लागि लड्न आफू बाध्य भएको बताएकी छन् । अन्तर्वार्ताको क्रममा पूजाले भनिन्, ‘ममाथि शारीरिक आक्रमण हुँदासम्म सहेर बसेँ, धेरै हुन थालेपछि न्यायका लागि लड्न तम्सेकी हुँ ।’


उनले रक्षा नेपालकी थापाले आफ्नो शैक्षिक भविष्य बिगार्ने हिसाबले नियतबस आफूलाई आश्रय नदिएको पनि आरोप लागाइन् । पूजाले आफूले मेनुका थापालाई आमा मान्ने गरेको र आमाजस्तो पवित्र व्यक्तिले आफूमाथि दुव्र्यवहार होला भन्ने सोच्नसम्म नसकेको उल्लेख गरिन् । उनले अहिले न्यायका लागि जुन मार्ग अवलम्बन गरेको छ, त्यो कसैको उक्साहटमा नभएर आफ्नो विवेकबाट निर्देशित भएर कदम उठाएको बताइन् । 


पूजाले आफ्नो राजीखुशीले समाजसेवी एवं आफ्ना साथीकी दाजु प्रदीप घिमिरेको संरक्षणमा बसिरहेको र आफू खुशी अवस्थामा रहेको बताइन् । उनले मेनुका थापाले आफूलाई मानसिक समस्या भएको भनी लगाएको आरोपमा सत्यता नभएको र उनको सो टिप्पणी यथार्थ स्थितिसँग मेल नखाने उल्लेख गरिन् । यसै प्रसंगमा मेनुका थापाले पूजालाई अपहरण गरी रक्षा नेपालबाट लगेको भन्ने आरोप लगाएका प्रदीप घिमिरेले आफूले पूजालाई मानवीय नाताले सहयोग र संरक्षण प्रदान गरेको दाबी गरेका छन् । नेपाल आजसँग कुराकानी गर्दै घिमिरे भने, ‘पूजाको इच्छाविपरीत आफूले केही पनि नगरेको र विद्वेष फैलाउने उद्देश्यले मेनुकाजीले काम गरेको देखेको छ ।’


यसैगरी मेनुका थापाले अनावश्यक रूपमा आफूलाई पूजा प्रकरणमा अपमानजनक शब्दावली प्रयोग गरेकोमा प्रिनम शर्माले दुःख व्यक्त गरेकी छन् । नेपाल आजसँग कुराकानी गर्दै उनले बलात्कार जस्तो जघन्य अपराधको सिकार भएकी आफूलाई मेनुका थापा जस्तो उच्च व्यक्तित्व कमाएकी व्यक्तिले निम्नस्तर र तुच्छ शैलीको टिप्पणी गरेको घोर आपत्ति जनाइन् ।

मेनुका थापा बलात्कार रक्षा नेपाल पूजा बोहरा प्रिनम शर्मा प्रदीप घिमिरे

विशेष