मुख्य समाचार समाज राजनीति

२ नं. प्रदेशको सरकार नढल्ने

राजपा र फोरम अलग अलग बाटोमा

२ नं. प्रदेशको सरकार नढल्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच अबदेखि राजनीतिक सहकार्य र कुनै चुनावी गठबन्धन नहुने भएको छ । 
केही समय पहिले फोरम सरकारमा समावेश भएपछि ती दुई दलबीच तिक्तता बढेको थियो ।

 

राजपाको विगत तीन दिनदेखि जारी अध्यक्ष मण्डलको बैठकले फोरम तराई, मधेसका लागि विश्वसनीय नदेखिएकाले आगामी दिनमा राजनीतिक सम्बन्ध अगाडि नबढाउने निर्णय गरेको हो । तर, राजपाले प्रदेश नं. २ को सरकारका विषयमा भने यथावत् निर्णय गरेको छ । उसले २ नं. प्रदेशमा मधेसी जनाताको भावनालाई मनन गरेर सत्ता गठबन्धन कायम राख्ने निर्णय गरेको हो ।  

 

फोरमको सत्तारोहणसँगै २ नं. प्रदेशमा गठन भएको सरकारको भविष्यमाथि अस्थिरताको बादल मडारिएको थियो । तर, राजपाको बिहीबारको निर्णयसँगै मुख्यमन्त्री लालबाबु राउतले राहत पाएको छ । त्यहाँ राजपा र फोरम मिलेर सरकार गठन गरेको हो ।  राजपा नेपालका सांसद मनीष सुमनले केही दिनअघि राजपाले २ नं. प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

 

तर, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपाले २ नं. प्रदेशमा गठित सरकार प्राविधिक रूपमा गठन नभएको यो मधेसी जनताको चाहनामा गठन भएकाले कसैले चाहँदैमा भत्काउन नमिल्ने धारणा व्यक्त गरे । उनले सञ्चारकर्मीसँग भने,  ‘राजपा तोड्ने काममा होइन, जोड्ने काममा लागेको छ । २ नं.मा फोरमको नेतृत्वमा बनेको सरकार हो ।

 

सो दलले कुनै कारणवश आफैँ भत्कायो भने त्यसमा राजपा नेपाललाई केही भन्नुछैन ।’ फोरम नेकपासँग एकताको लागि छलफलमा जुटेको बताइन्छ तर, फोरमका नेता उपेन्द्र यादवले त्यस कुराको खण्डन गरिसकेका छन् । 
 

२ नं. प्रदेशको सरकार नढल्ने

विशेष