पौडेलले भन्छन्, मिडियाले सरकारको आँखा खोलिदिनु पर्यो

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताएका छन् । बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उनले मिडियाले सरकारको आँखा खोलिदिन पर्ने बताएका हुन् ।
, ‘मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् । सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन् त्यस्तो अवस्थामा मिडियाले सरकारको आँखा खोलिदिन सक्नुपर्छ।’
बहुलवादमा आधारित संघीयता उचित भएको बताउँदै नेता पौडेलले अब अन्य शासन प्रणाली स्थापना गर्न नभई प्राप्त अधिकारको सदुपयोग गरी समृद्धिको बाटामा लाग्नुपर्ने बताए।