भिडियो मुख्य समाचार राजनीति

पूर्वयुवराज पारसले भने, देशमा विदेशी हस्तक्षेप बढ्यो (भिडियो)

पूर्वयुवराज पारसले भने, देशमा विदेशी हस्तक्षेप बढ्यो (भिडियो)

काठमाडौं । पूर्वयुवराज पारस शाहले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् । 

 


लामो समयपछि सार्वजनिक समारोहमा देखापरेका पूर्वयुवराज शाहले मुलुकमा राजनीतिक सिद्धान्तलगायत अन्य कुराहरू पनि आयात गर्न थालेकोमा चिन्ता व्यक्त गरे । उनले राजनीतिक सिद्धान्तहरू नेपाली नै हुनुपर्नेमा जोड दिए । 


वृहद् आध्यात्मिक परिषद्द्वारा शुक्रबार राजधानीको पाशुपातिक क्षेत्र मृगस्थलीमा आयोजित योगी नरहरिनाथद्वारा संगृहित पुस्तकालय तथा संग्रहालयको निरीक्षण एवं अवलोकन तथा विशेष समारोहमा पूर्वराजपरिवारका अन्य सदस्यसहित शरीक भएका  पूर्वयुवराज शाहले सञ्चारकर्मीहरूसँग भने, ‘अब नेपालीहरूले धर्म नीतिहरू लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

 


विदेशी शक्तिहरूको हस्तक्षेप बढ्दै गइरहेको सन्दर्भमा अब त्यो शक्तिको प्रभाव कम गर्न संगठित  शक्ति निर्माण गर्नुपर्ने तर्फ तपाईंले संकेत गर्न खोज्नु भएको हो त भन्ने सञ्चारकर्मीहरू जिज्ञासामा पूर्वयुवराज शाहले भने, ‘नेपालीहरूले शक्ति प्रयोग गर्ने त्यस्तो अवस्थै सिर्जना नहोस् ।’

 


उनले योगी नरहरिनाथ राष्ट्रवादी तथा दूरदर्शी विद्वान् भएको पनि बताए ।  पूर्वयुवराज पारस पशुपतिको मृगस्थली पुग्दा शिव सेना नेपालका कार्यकर्ताहरूले सुरक्षा प्रबन्ध मिलाएका थिए । 

पारस शाह पूर्वयुवराज

विशेष