मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीले दिए सचिवहरुलाई कडा निर्देशन

प्रधानमन्त्री ओलीले दिए सचिवहरुलाई कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरुलाई १६ दिनको अल्टीमेटम दिएका छन् । उनले असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न सचिवहरुलाई निर्देशन दिएका हुन् ।  शुक्रबार (आज) मन्त्री तथा सचिवहरूलाई एकै ठाउँमा राखेर प्रम ओलीले यस्तो निर्देशन दिएका हुन् ।

 

अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तथा बजेटमा अन्तरनिहित कार्यक्रम कार्यान्वयनका लागि आफ्ना योजना पेश गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।  असार २५ सम्ममा आगामी आर्थिक वर्षको योजनाका सम्बन्धमा सम्पूर्ण काम सक्ने गरेर तयारी गरिएको उनले बताए ।  

प्रधानमन्त्री ओलीले दिए

विशेष