देउवाकाे प्रश्नः मेरो मात्रै विरोध गर्ने, ओलीको विरोध नगर्ने ?
'पार्टी पहिलेको अवस्थामा नपुर्याएसम्म विश्राम लिन्न'
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलेको अवस्थामा नपुर्याएसम्म विश्राम नलिने बताएका छन् । शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताएका हुन् ।
सम्मेलनमा कार्यकर्ताहरुले जिल्लामै कांग्रेस गुटमा विभाजित हुँदा चुनाव हार्न परेको भन्दै आक्रोश पोखेका थिए । कार्यकर्ताको गुनासो सुनेपछि देउवाले भने, ‘सबै मिलेपछि कांग्रेसलाई फेरि पुरानै ठाँउमा ल्याई छाड्नेछु ।’
आफूले अघि सारेको कार्यक्रम केपी अाेली नेतृत्वकाे सरकारले खाइदिएको भन्दै उनले राेष प्रकट गरे । ‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर बिरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने ‘सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ ।’
आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अाेली सरकारले अहिले ३ महिनामा ३ पटक मूल्य बढाउदा समेत मुखदर्शक बनेको उनको आरोप छ । उनले भने ‘मेरो मात्रै विरोध गर्ने, ओलीको गरेको कामको विरोध नगर्ने ?’
शेरबहादुर देउवा नेपाली काँग्रेस प्रधानमन्त्री केपी अाेली