मुख्य समाचार राजनीति

कांग्रेसले भन्याे, सभामुख र उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्छ

'प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था कुनै हालतमा मान्दैनाैँ'

कांग्रेसले भन्याे, सभामुख र उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग गरेका छन् । 

 

शनिबार रिपोर्टस क्लबमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले संविधानमा सभामुख र उपसभामुख फरक-फरक दलको नेता हुनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै अब एमाले र माओवादी केन्द्र मिलेर एकै दल बनेकाले सभामुख र उपसभामुख मध्ये एकजनाले राजिनामा दिनुपर्ने बताएका हुन् ।

 

‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो’ सांसद बडूले भने, ‘तत्काल एक जनाले राजीनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।’ नेता बडूले भने आफ्नो पार्टीले कुनैपनि हालतमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नमान्ने बताए । 

 

प्रतिनिधिसभा सञ्चालन नियामावली दलहरुको सहमतिमा नै पारित भएको उनले जनाए । नेता बडूले भने, ‘सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने होइन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो ।’

सभामुख राजीनामा दिलेन्द्रप्रसाद बडु उपसभामुख

विशेष