राजनीति

काठमाडौं बाहिर सरकारले मेडिकल कलेज खोल्नै चाहेको छैन : अधिकारी

काठमाडौं बाहिर सरकारले मेडिकल कलेज खोल्नै चाहेको छैन : अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले काठमाडाैं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप लगाएको छ।

 

कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकारलाई काठमाडौं उपत्यकाभित्र १० वटा भन्दा बढी मेडिकल कलेज खोल्न दिने गरी ल्याएको विधेयकको औचित्य पुष्टि गरेर देखाउन पनि चेतावनी दिएका छन्।

 

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले क्षेत्रीय सन्तुलनको आधारमा सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कि नगर्ने स्पष्ट पार्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

 

सांसद अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मेडिकल कलेज खोल्न सम्बन्धन दिन पाउने व्यवस्था गर्न माग गरे ।

 

सांसद अधिकारीले वरिष्ठ चिकित्सक गोविन्द केसीले सबै नागरिकका छोराछोरीको मेडिकल कलेजमा पढ्नका लागि सहज पहुँच पुगोस् भनेर गरेको आन्दोलनलाई निस्तेज पार्न खोजको भन्दै आपत्ति जनाएका थिए।

डा. गोविन्द केसी राधेश्याम अधिकारी

विशेष