मुख्य समाचार देश

निजी टैंकरहरुको दादागिरी सकियोः अब सेनाले ल्याउनेछ पेट्रोलियम

निजी टैंकरहरुको दादागिरी सकियोः अब सेनाले ल्याउनेछ पेट्रोलियम

काठमाडौं । शान्ती–सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल , डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकामा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो ।


सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले वनाएको छ ।


उद्योग मन्त्री मातृका यादव र सेनाका कामु प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार यसबारे सहमति भएको छ । ट्यांकरसञ्चालन गर्न सेनाले आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले बताए । नागरिक दैनिकको आर्थिक पृष्ठबाट ।  
 

नेपाली सेना

विशेष