समाज देश

देशभर वर्षाः कहाँको मौसम कस्तो ? यी जिल्लामा बाढीको खतरा बढी

देशभर वर्षाः कहाँको मौसम कस्तो ? यी जिल्लामा बाढीको खतरा बढी

काठमाडौं । मंगलबार रातिनैदेखि देशभरका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । मौसमविदका अनुसार आज मध्य र पश्चिमका केही स्थानमा ठूलो पानी पर्नेछ। अहिले भने देशभरका अधिकांश स्थानमा सामान्य वर्षा भइरहेको छ। केही स्थानमा दिउँसोपछि ठूलो मानिपर्ने पूर्वानुमान मौसमविद्को रहेको छ ।

 

देशभरका सबै स्थानमा पानीपर्नै भएकाले तराईमा बाढी र पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ । असारको अन्तिममा मनसुन सक्रिय भएकाले छोटो समय रोकिए पनि फेरि बर्षा हुनेछ । मौसम सक्रिय भएकै कारण आइतबार र सोमबार भन्दा आज पानी ठूलो पर्ने अनुमान गरिएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएकाले आज ठूलो पार्ने पर्ने सम्भावना सबैभन्दा बढी छ । पानी भने मध्य र पश्चिमा बढी पर्नेछ । सामान्य मनसुनमा साँझपख ठूलो पानी पर्नेगर्छ । यही प्रक्रियामा अहिलेको मौसम रहेको छ । महाशाखाले बर्षपछि आउने सम्भावित जोखिमबाट आफैँ जोगिन पनि सबैलाई आग्रह गरेको छ ।

 

उता बाढी पूर्वानुमान महाशाखाले भने विभिन्न जिल्लामा बाढीको खतरा रहेको देखाएको छ । शाखाका अनुसार तराई मात्र नभएर केही पहाडी जिल्लामा पनि आज बाढी आउनेछ । विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरामा बाढीको सम्भावना बढी छ । सम्भावित खतराबाट सुरक्षित रहनेसमेत उक्त क्षेत्रका स्थानीयलाई अाग्रह गरिएको छ ।

मौसम बाढी

विशेष