मुख्य समाचार राजनीति

डाक्टर केसीको माग हुबहु सम्बोधन हुँदैन : सचेतक गुरुङ

डाक्टर केसीको माग हुबहु सम्बोधन हुँदैन :  सचेतक गुरुङ

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले डा. गोविन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् । 

 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भए पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताए । 

 

चिकित्सा विधेयकका बारे जुम्लामा अनसनरत गोविन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहे पनि केसीले नै नमानेको र उनको स्वास्थ्यका विषयमा सरकार  पनि गम्भीर रहेको बताए ।

 

जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहे पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएको गुरुङले बताए । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले निर्णय गरेको बताए ।

 

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृति बिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सिर्जना भएको उनले बताए ।

डा. गोविन्द केसी देव गुरुङ

विशेष