भाजपा नेता कोसियारी र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौं । भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोसियारी र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रबुद्ध व्यक्तिको समूह (इपीजी) को भारत पक्षका संयोजकसमेत रहेका कोसियारी नेता सिंहलाई भेट्न उनको निवास ठमेल पुगेका थिए ।
भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । ईपीजीको दुई वर्षे कार्यकाल पूरा हुँदैछ ।
कार्यकाल पूरा हुनुअघि शुक्रबार र शनिबार इपीजीको बैठक बसेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको छ ।
भेटवार्ता भगतसिंह कोसियारी नेता प्रकाशमान सिंह