मुख्य समाचार देश प्रदेश ३ प्रदेश ६

डा. केसी भन्छन्, ‘ओली सरकार वार्ता गर्न चाहँदैन्’

डा. केसी भन्छन्, ‘ओली सरकार वार्ता गर्न चाहँदैन्’

काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीले ओली सरकार आफू र आफ्ना सहयोगीसँग वार्ताका लागि इच्छुक नभएको टिप्पणी गरेका छन् । उनले बुधबार एक विज्ञप्तिमार्फत वार्ताको पहल गर्दा पनि आफू आउन नचाहेको हल्ला सरकारी अधिकारीले नै चलाएको बताएका छन् ।  

 

डा. केसीले जारी गरेको विज्ञप्तिमा सरकार संवेदनहीन र गैरजिम्मेवार भएको तथा आफ्नो माग पूरा गर्न कुनै पहल नगरी सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरूले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

 

डा केसीले आफू कुनै पनि बेला वार्ताका लागि तयार रहेको जनाउँदै सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारीसमेत गराएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रलगायत विषयको पढाइ सञ्चालन गर्नुपर्ने माग राखी डा. केसी गत असार १६ गतेदेखि जुम्लामा अनशन बसिरहेका छन् । उनले सरकारलाई दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडी तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी काम गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण  समेत गराएका छन्।

डा. केसी

विशेष