मुख्य समाचार समाज

गंगामायालाई लिखित पत्र दिन सरकार तयार

गंगामायालाई लिखित पत्र दिन सरकार तयार

काठमाडौं । बिगत ४३ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामायालाई सरकारले लिखितरूपमै विश्वस्त दिलाउन तयार भएको छ ।

 

कानुन मन्त्रीमार्फत उनलाई न्यायिक प्रक्रियाबारेमा लिखित जवाफ दिने तयारी भएको गंगामाया बचाउ अभियानले जनाएको छ।गोर्खा फुजेलकी ५८ वर्षीया गंगामाया अधिकारी वीर अस्पतालमा सात वर्षदेखि अनशनरत छिन् ।

 

०६२ साल जेठमा छोरा कृष्णप्रसाद अधिकारीको मामाघर चितवन गएको बेला हत्या भएपछि अधिकारी दम्पत्ति विगत सात वर्षदेखि न्यायको खोेजीमा छिन् । वीर अस्पतालमा अनशनकै क्रममा पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।

 

सात वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामायाले गत जेठ १५ गते गणेश–उज्जन श्रेष्ठको हत्या आरोपित बालकृष्ण ढुंगेललाई रिहा गरेपछि उनी आफूले न्याय नपाउने आशंका त्यही दिन वीर अस्पतालमा आमरण अनशन बसेकी थिइन् । अनशनकै क्रममा उनको स्वास्थ्य जटिल बनिसकेको छ ।

 

गंगामायाले छोरा अधिकारी र पति नन्दप्रसाद अधिकारीलाई मार्ने र मराउनेलाई कारबाही हुनुपर्ने, ०७२ सालमा सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका व्यक्तिमध्येकै गोर्खाका छविलाल पौडेललाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएकी थिइन् ।

 

आइतवारनै आरोपित छविलाल पौडेललाई सर्वोच्च अदालत पुगेर आत्मसर्मण गरेका थिए । आत्मसमर्पण गरे पनि अधिकारीले सरकारसँग विश्वस्त हुन नसकेको भन्दै अनशन तोड्न मानेकी छैनन्। नागरिक दैनिकबाट ।

गंगामाया अधिकारी वीर अस्पताल अनशन

विशेष