मुख्य समाचार समाज देश

जलमग्न भएपछि चाबहिल–बौद्ध दुई घण्टा बन्द

जलमग्न भएपछि चाबहिल–बौद्ध दुई घण्टा बन्द

फार्इल तस्वीर

काठमाडौं । वर्षाका कारणले सडकमा पानी जमेपछि चाबहिल–बौद्ध सडक खण्ड दुई घण्टा बन्द भएको छ ।

 

बुधबार दिउँसो परेको अविरल वर्षाका कारणले सडक जलमग्न भएपछि सवारीसाधन डुबानमा पर्दा आवतजावत नै बन्द भएको हो ।

 

‘सडक जलमग्न भएपछि दुई घण्टासम्म सवारीसाधन चल्ने अवस्था नै भएन,’ गौशाला ट्राफिक प्रहरी प्रभागका प्रमुख धर्मेन्द्र रावलले भने, ‘गुडिरहेका गाडी पनि सडकमा किनारा लगाउनु परेको थियो ।’

 

बौद्धदेखि गौशालासम्मकै सडक जलमग्न भएपछि दुई घण्टासम्म सवारी आवतजावत रोकिएको थियो । उनका अनुसार आजमात्रै नभएर पानी परेपछि दैनिकजसो सडक जलमग्न हुने र सवारीसाधन आवतजावतमा समस्या देखिने गरेको छ ।


चाबहिल–बौद्ध सडक खण्ड विस्तारको क्रममा छ । विस्तारको क्रममा रहेका सडकको ढलनिकास व्यवस्थित नहुँदा सडकमा पानी जम्ने समस्या उत्पन्न हुने गरेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीका अनुसार सडकको दायाँबायाँ मापदण्डविपरीत बनेका संरचना हटाउन नसक्दा सडक विस्तार रोकिएको हो ।

 

जसले गर्दा सडकको मर्मत पनि भएको छैन भने सर्वसाधारणले दैनिक सडकमा सकस भोग्नुपरेको छ । नागरिक दैनिकबाट ।

चाबहिल–बौद्ध–जोरपाटी सडक

विशेष