मुख्य समाचार समाज देश

सुन तस्करी रोक्न भारतकाे सहयोग माग्न गृहमन्त्री थापा भारतीय राजदूत पुरीकहाँ पुगे

सुन तस्करी रोक्न भारतकाे सहयोग माग्न गृहमन्त्री थापा भारतीय राजदूत पुरीकहाँ पुगे

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहीबार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

 

गृहमन्त्रीले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदुत पुरीमार्फत भारत सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास जनाए । 

 

उनले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदुतलाई आग्रह गरे । 

 

यस्तै खुला सिमको फाइदा उठाउँदै हुने मानवतस्करीबारे पनि दुईजनाबीच छलफल भएको थियो । दुईजनाबीचको भेटका क्रममा पछिल्लो समय भइरहेको सुन तस्करीबारे पनि गहन छलफल भएको बताइएको छ । गृहमन्त्री थापाले सुन तस्करी रोक्नका लागि भारतीय पक्षको सहयोग जरुरी रहेको पनि राजदूतसँग बताएका थिए । 

 

त्यसैगरी लागूपदार्थको ओसारपसार लगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकोमा जोड दिए । जवाफमा राजदुत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताए ।

 

राजदुत पुरीले नेपाल प्रहरीको तालिम केन्द्र निर्माणकार्यको विषयलाई आफुले प्रमुख प्राथमिकतामा राखेको भन्दै यो सम्बन्धी कार्य अघि बढीसकेको जानकारी दिए । भेटमा उनले गृहमन्त्री थापालाई भारत भ्रमणको लागि आग्रह समेत गरे । 

सुन तस्करी

विशेष