समाज देश

भक्तपुरमा पहिराे, एकै घरका तीन जनाकाे ज्यान गयाे

भक्तपुरमा पहिराे, एकै घरका तीन जनाकाे ज्यान गयाे

भक्तपुर  ।  भक्तपुरकाे चाँगुनारायण नगरपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

 

चाँगुनारायण नगरपालिकाे् वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएकाे छ । 

 

ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भाटका अनुसार  राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो । 

पहिरो भक्तपुर

विशेष