फोटो देश मुख्य समाचार

हेर्नुहोस्, उपत्यकामा पानीले कसरी पार्‍यो बेहाल (फोटोफिचर)

हेर्नुहोस्, उपत्यकामा पानीले कसरी पार्‍यो बेहाल (फोटोफिचर)

काठमाडौं । लगातारको बर्षाका कारण काठमाडौं उपत्यकाका अधिका‌ंश ठाउँ डुबानमा परेका छन् । बाटोभरी पानी जम्दा गाडी चलाउन समस्या भएको छ । हिलो बाटोले हिड्न समेत समस्या भएको छ ।

 

काठमाडाैंको पर्यटकीय क्षेत्र ठमेल हिमाल्मे छ । कालिमाटीमा रहेको सुकुम्बासी वस्ती डुबान परेको छ । भत्तपुरको सूर्य विनायकदेखि भत्तपुर अस्पताल क्षेत्रका ठाउँमा पोखरी जमेका छन् । सडकमा बाढी जस्तै भेल बगिरहेको छ । चाबहिल देखि जोरपाटी लगायतका ठाउँमा आवतजावत नै रोकिएकाे छ । हिड्न सक्ने अवस्था नरहेपछि चावहिल वौद्ध सडकखण्ड दुईघण्टाका लागि बन्द गरिएको छ ।

 

अरनिको वीपी राजमार्ग पनि बन्द भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । तस्बीर: सामाजिक सञ्जालबाट

काठमाडौं उपत्यका डुबान

विशेष