मुख्य समाचार समाज राजनीति

नेपाल सरकारले गैंडा उपहार दिंदा स्थानीय सरकारलाई आपत्ति

नेपाल सरकारले गैंडा उपहार दिंदा स्थानीय सरकारलाई आपत्ति

काठमाडौं । बिहिबार नेपाल सरकारले चिनियाँ राजदूत यु होङलाई एक जाडी गैंडा भद्र र रुपसी उपहार स्वरुप हस्तान्तरण गरेका हुन् । 

तर यता बिहिबार बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेको हुनाले नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी गैंडा चीन पठाउने बारे कुनै बिरोध नभएपनि समन्वय नगरेको भन्दै नगरपालिकाले असन्तुष्टि जनाएको छ ।

नगरपालिका मेयर नारायण वनले गैंडाको संरक्षणको लागि मिलेर काम गर्ने स्थानीय सरकार नगरपालिकासँग यसबारेमा कुनै समन्वय नगरेकोले दुःख र आपत्तिजनक भएको बताए । ‘गैंडाले स्थानीयको जनधनको क्षती गर्दा नगरपालिकाले सहयोग गर्दै आइरहेको थियो । यताको कार्य स्थानीयले बाहेक अरुले गर्दैनन्,’ मेयर वनले भने, ‘अनि तिनै गैंडा चीन पठाउने कुरा हुँदा हामीलाई वेवास्ता गर्ने ? यस्तो गर्न मिल्छ ?’

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह-सेनानी शिवराम खड्काको नेतृत्वमा आएका १० जना सैनिकसहितको टोलीले गैंडालाई स्कर्टिङ गर्दै मंगलबार काठमाडौं ल्याइएको थियो । अब चीनबाट आउने विशेष जहाजमा चढाएर ति दुवै गैंडालाई चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाने छन् ।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैंडा रहेका छन् । चितवनमा मात्रै ६०५ गैंडा रहेको तथ्यांक छ ।


 

‘भद्र’ र ‘रुपसी’

विशेष