अव्यवस्थित सहरीकरणले विपद्
काठमाडौं । अव्यवस्थित सहरी विकासले कुलो, नहर, ढलको निकास थुनिँदा भक्तपुर जलमग्न भयो । खोलाका निकास अवरुद्ध हुँदा काठमाडौं उपत्यकालगायतका ठूला शहरहरू बाढी र डुवानको जोखिममा परेका छन् ।
उपत्यका, आसपास र ठूला सहरमा बग्ने खोला साँघुरिएको र पुरिएर बस्ती भन्दामाथि छ । नदी मिचेर, खोलानै टालिने गरी भवन निर्माण गरिँदा विपत्ति निम्तीने गरेको पूर्वसचिव तथा इन्जिनियर किशोर थापाले बताए ।
‘प्रकृतिले आफ्नो बाटो लिदाँ विपत्ति आयो, प्राकृतिक व्यवस्थापन मुख्य हो’, पूर्वसचिव थापाले भने, ‘नदीनाला, बर्खाको बाढीलाई व्यवस्थित नबनाइँदा समस्या आएको हो ।’ अग्ला घर र पर्खालका कारण पानी बग्ने क्षेत्र थुनियो । नदीमाथि बनेका संरचना भत्काउनु, बनाइएका अग्ला पर्खालमा पानी बग्ने भाग अनिबार्य राख्नुको विकल्प नभएको भनाई उनको छ ।
नयाँ बस्ती बिस्तार हुदाँ विपत्लाई सम्झेर योजनाबद्ध व्यवस्थापन गर्नु पर्ने, पानी, ढलको निकास, नदीको उचित व्यवस्थापन गर्नुपर्ने, टोलटोलमा सुरक्षित स्थान निर्माण गर्नुपर्ने थापाको सुझाव छ ।
बिहीबार बिहानसम्म उपत्यकामा ९४ मिलिमिटर पानी पर्दा यस्तो हालत भयो ।सहरीक्षेत्रको जोखिम पहिचान गरी समधानका उपाय कानुनमै उल्लेख गरी सहरीविकास मन्त्रालयले ‘आधारभूत मादण्ड २०७२’ जारी गरे पनि पालना नगर्दा समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिरणका आयुक्त भाइकाजी तिबारी बताउँछन् ।
कानुनी आधार स्थानीय तहले वेवास्ता गरी जथाभावी संरचना निर्माण गर्न दिएका छ । यसले सहरीविपत बढी गइ रहेको छ । प्राधिकरणले सहरीविपतलाई चार प्रकारले पहिचान गरी सचेत हुन कानुनी आधार तयारी गरी सकेको छ ।
बाढी र ढुवानबाट, पेट्रोल पम्पबाट, पहिरोबाट र भुइचालो आउँदा जमिन भासिने जस्ता सहरीजोखिम पहिचान भइ सकेको छ । उपत्यकाको काठमाडौंको सामाखुसी, गंगबु, गैरीधारा, शंखमुल, नरेफाँट, ढुबान हुने र भक्तपुरको जगाती, सूर्यविनायक, सल्लाघारी, सृजनानगर, राधेराधे, ठिमी, चारदोभाटो छन् । यता ललितपुरको चोभारबाट पानीको निकास हुन नसक्दा सुन्दरीघाट, कर्मनाशा, हात्तीवन क्षेत्र ढुवान हुनेछ ।
मन्त्रालयले खोलाको मापदण्ड तोकेको छ तर स्थानीय निकायले कानुनलाई वेवास्ता गरी जथाभावी भवन निर्माण अनुमति दिँदा बाढी र ढुवान हुने गरेको प्राधिकरणको आरोप छ । अन्नपूर्णपाेष्ट दैनिकबाट ।
अव्यवस्थित सहरी विकास